रित्तो खल्ती चुनावमा होमिए महादेव, भन्छन्– ‘इमानदारिता मेरो शक्ति’
पाेखरा | कात्तिक १७, २०७९
पोखरा: कास्की क्षेत्र नम्बर २ बाट जसै महादेव गुरुङले प्रतिनिधिसभामा उम्मेदवारी दिए, नेपाली कांग्रेस र गठबन्धनमा भुइँचालो गयो । तरपनि महादेवले उम्मेदवारी फिर्ता लिनेमा गठबन्धन विश्वस्त थियो ।
उनलाई उम्मेदवारी फिर्ता लिन स्वयं पार्टी सभापति शेरबहादुर देउवाले फोनमार्फत आग्रह गरे । तर त्यो आग्रहले पनि काम नगरेपछि अहिले गठबन्धनका साझा उम्मेदवार श्रीनाथ बराल तनावमा छन् ।
‘सभापतिज्यूले नै फोन गरेपछि उहाँले फिर्ता लिनुहुन्छ भन्नेमा हामी ढुक्क थियौं’ नेकपा (एकीकृत समाजवादी) कास्कीका एक नेताले भने ‘तर उहाँले फिर्ता लिनुभएन, यसले हामीलाई समस्यामा पा¥यो ।’ यद्यपि, उनले बरालले नै जित्ने दाबी भने गरेका छन् ।
त्यसपछि नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल पोखरा आएकाबेला महादेवलाई भेटेर आग्रह गरे । उक्त आग्रह पनि काम लागेन, नेपाल निराश भएर फर्किए ।
कांग्रेस र एसका प्रमुखले गरेको अनुरोध, आग्रहमा थोरै आश्वासन र लोभ देखाइएको महादेवले बताए । उनले भने, ‘मैले बार्गेनिङ् गर्न उम्मेदवारी दिएकै हैन, म सत्य र निष्ठाको राजनीतिमा लागेको मान्छे हुँ ।’
उम्मेदवारी दिएपछि फिर्ता गर्न अनुरोध गर्ने क्रममा कांग्रेसले ‘जे पनि दिन तयार’ रहेको जानकारी दिँदै महादेवले त्यसपश्चात् आफुलाई झनै साहस मिलेको बताए ।
‘मलाई जे मागेपनि दिन तयार रहेको बताइयो’ महादेवले भने ‘तर मैले पद र पैसा लागि राजनीति गरेकै होइन भनिदिए ।’ त्यसपछि झनै चुनावमा होमिन बल मिलेको उनको भनाई छ ।
आजदेखि उम्मेदवारहरुले प्रचारप्रसारमा तीब्रता दिन थालेकोबेला महादेव भने सिद्धार्थचोक भन्दा केही उत्तरमा रहेको सय वर्ष पुरानो घरमा एउटा ब्यानर झुण्डाएर बसेका छन् ।
पुरानो घरको साँघुरो बरण्डामा २–४ थान कुर्सीसाथ महादेवसँगै अर्का उम्मेदवार दुर्गाप्रसाद कोइरालाले चुनावी मोर्चा सम्हालिरहेका छन् । कोइराला क्षेत्र नम्बर ३ बाट पुतली चिन्हमै स्वतन्त्र उम्मेदवार हुन् ।
‘कति छ चुनावमा खर्च गर्ने पैसा ?’ भन्ने प्रश्नमा केही गम्भीर देखिएका महादेवले भने ‘तीन छोरीले २ लाख पठाए, साथीभाईले सम्पर्क कार्यालय खोलिदिए, ब्यानर बनाइदिए, मेरो खल्ती रित्तो छ ।’
तुरुन्तै सोधियो, ‘रित्तो खल्तीले चुनाव लडेर जितिन्छ र ?’ महादेवको जवाफ छ, ‘चुनाव जित्न पैसा हैन, शक्ति चाहिन्छ । र, इमानदारिता मेरो शक्ति हो ।’
बैतडीः आसन्न निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग जोडिएको बैतडीको सीमानाका झुलाघाट तीन दिन बन्द हुने भएको छ । मतदान हुनुभन्दा ७२ घण्टा पहिलादेखि सीमानाका बन्द हुने प्रमुख जिल्ला अधिकारी कृष्ण था...
गोरखाः चट्याङ लागेर गोरखा बुंकोटमा एक जना बालिकाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । आज दिउँसो ४ बजेतिर परेको चट्याङ लागेर सहिद लखन गाउँपालिका–८ बुंकोटकी १२ बर्षीया दिलिशा घर्ती मगरको मृत्य...
काठमाडौंः फरक राजनीतिक दल वा उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारमा कुनै अवरोध गरेको पाइए रु दुई लाख बराबरको जरिवाना हुने भएको छ । सङ्घीय कानुन बमोजिम निर्वाचनको प्रचारप्रसार गर्न वा मतदानको अधिकार...

